Social Icons

Monday, July 2, 2012

रात

के मात्रै हुँदैन अंधकार यो रातमा
इमानकै हुन्छ ब्यापार यो रातमा

मानवताको कुरा गर्छन् हरकोहि यहाँ
मानवताकै हुन्छ हाहाकार यो रातमा


सफल क्रान्ति पछि प्राप्त उपलब्धि
स्वतन्त्रताले नै गर्छ वलात्कार यो रातमा

घरभित्रै पनि असुरक्षित छ मान्छे
जीविकामा नि लाग्छ काँडेतार यो रातमा

कति सहनु प्रहारहरु, कति प्युनु पीडा
अधिकारले गर्छ अत्याचार यो रातमा ।

No comments:

Post a Comment