Social Icons

Monday, July 2, 2012

रात

के मात्रै हुँदैन अंधकार यो रातमा
इमानकै हुन्छ ब्यापार यो रातमा

मानवताको कुरा गर्छन् हरकोहि यहाँ
मानवताकै हुन्छ हाहाकार यो रातमा

लघुकथा: सन्दर्भ-असन्दर्भ


“संसार एक रंगमञ्च हो, यहाँ विभिन्न भुमिकाका रंगकर्मीहरुद्वारा बेतोड अभिनय हुन्छ ।“सम्पूर्ण सिकाइको सारांसबाट अजहर भाइजानले स्वागत मन्तव्य शुरु गरे ।

वक्ता लहरमै आसिन ब्यक्तित्व रमेश गिरीले नै तालीको शुरुवात गरे, दर्शकमाझबाट त्यसलाई निरन्तरता दिइयो । करिव एक मिनेट सम्म करतल ध्वनी गुन्जायमान भो ।

“निर्देशन गर्ने अदृश्य शक्ति हो, सवैले रबकै लेखामा चल्नुपर्छ, आफ्नो आफ्नो नशिव सबैले बेहोर्नु पर्छ । जसले नियमपूर्वक सदाचार गर्‍यो, सम्झनुस, त्यो गयो सिधै जन्नत ।“

दर्शकदिर्घाबाट वयोबृध्द ताराजीले भने – “ठीकै हो ।“

आकस्मिक विचार

सम्पूर्ण ज्ञान असहयोगी सावित भइदिन्छ, कतिपय अवस्थामा । अप्रयाप्त लाग्छ आफूसँगको बौद्धिकता, र अवोध ठहर्‍याउँछ आफैलाई कतिपय परिस्थितिमा । बिविध अवस्थामा यस्तो महसुस गरेको छु मैले, म अज्ञानी नै छु अझैपनि ।

मुक्तक

एकैछिन तिमी विना रहुँला म मा धीर छैन
तिमी नै छौ सम्झनामा अरु केहि पीर छैन
हावासंग पनि इर्स्या लाग्छ तिमीलाई स्पर्श गर्ने
तिमी नजर परे देखी तनमन केहि थिर छैन ॥

लाली अधर


लाली अधर पार्दछ असर हृदयको अन्तरकुन्तर
एउटा सुन्दर पलायो रहर के गर्यौ जन्तरमन्तर

उजेलो होस् कि अँधेरो नछोड्नु कैले हात यो मेरो
गाह्रो साह्रो सहौँला सँगै बनाउँला एउटा संसार प्यारो