Social Icons

Monday, March 18, 2013

नियती

बतासको झोक्कासँगै हल्लने पात भएँ म
अन्याय अघि जोडिने दुर्बल हात भएँ म

मन खोलेर बिद्रोह पनि बोल्न सक्दिन
मनभित्रै गुम्सी बस्ने पीडाको खात भएँ म


कहिले सम्म बहिस्कृत भएर जिउनु ?
आफ्नै समाजमा थिचिने अछुत जात भएँ म

जीवनै ब्यर्थ भो, कुनै नमुना काम भएन
फुर्सतमा समय कटाउने बात भएँ म

मेरो निम्ति हरेक ढोका बन्द सरि छन्
आफन्तबाटै कैयौंपटक घात भएँ म !

No comments:

Post a Comment