Social Icons

Friday, March 8, 2013

घृणा हो कि माया ?

तिमीबारे म मा केहि छ - घृणा हो कि माया
बिर्सनै सकिएन, आइरह्यौ सम्झनामा

शत्रुता छ कि अझै - कर्के नजर लाउँछ्यौ
फेरियो कि मन कतै एकोहोरो टोलाउँछ्यौ
दुबिधा भएकोछ, तिमीलाई राखौं कहाँ ?
बिर्सनै सकिएन, आइरह्यौ सम्झनामा


अनाहकमा रिसाएको पछुतो भयो कि
आवेशको आरोप त्यो झुठो लाग्यो कि
उजेलो हो कि यो, छु म अंधेरोमा ?
बिर्सनै सकिएन, आइरह्यौ सम्झनामा

गहीरो बसेकोछ बचनको डोब यहाँ
मानवता गुमाउँदा कस्तो भयो त्यहाँ
तिम्रो प्रहारको पीडा छ अझै छातीमा
बिर्सनै सकिएन, आइरह्यौ सम्झनामा !!

No comments:

Post a Comment