Social Icons

Monday, July 2, 2012

लाली अधर


लाली अधर पार्दछ असर हृदयको अन्तरकुन्तर
एउटा सुन्दर पलायो रहर के गर्यौ जन्तरमन्तर

उजेलो होस् कि अँधेरो नछोड्नु कैले हात यो मेरो
गाह्रो साह्रो सहौँला सँगै बनाउँला एउटा संसार प्यारो
ल्याउँछ वहार हँसिलो मुहार सजाउँछ हरेक प्रहर
तिम्रै सुवाश ल्याउँछ वतास हरपल सर्सरसर्सर

उकालो होस् कि ओह्रालो सँगसँगै चालौँ पाइलो
वाधा अड्चन नआउन् नछुटोस् कैले वन्धन कसिलो
साह्रै अटेर साह्रै कठोर वाध्यताका हजार डगर
निष्ठुरी ठहर लाग्यो सहर आत्मीय भर्खरभर्खर

No comments:

Post a Comment