Social Icons

Friday, March 8, 2013

परदेशीलाई कुर्दाकुर्दै


परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन
आँखाभरी खुसी बोकी कैले आउला त्यो दिन ?

बिर्सियो कि निश्ठुरी भइ, पठाउँदैन खवर
आफैं भेट्न जान्थें बरु, कुन होला शहर ?
बटुवाहरू देख्दा झुक्किरहन्छु म छिनछिन
आँखाभरी खुसी बोकी कैले आउला त्यो दिन ?

लामो पर्खाइ भैसक्यो, अझै भेट भएन
कुनै दिन त होला भेट, आशा भने गएन
पीरैपीर छ छातीभरि सुकिसक्यो यो तन
आँखाभरी खुसी बोकी कैले आउला त्यो दिन ?


[मधुपर्क २०६२ माघ]

No comments:

Post a Comment