Social Icons

Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

Thursday, March 21, 2013

गाढा भयो याद

बिर्सन खोजें - झन् गाढा भयो याद
सवथोक गुमेपछि भइयो बर्बाद
लौन भइयो बर्बाद
पिरतीमा भइयो बर्बाद !

कलेजीमा दर्द हाय, असैह्य भो असैह्य
कस्तो कोसेली दियो, आशामा आयो प्रलय

Friday, March 8, 2013

परदेशीलाई कुर्दाकुर्दै


परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन
आँखाभरी खुसी बोकी कैले आउला त्यो दिन ?

बिर्सियो कि निश्ठुरी भइ, पठाउँदैन खवर
आफैं भेट्न जान्थें बरु, कुन होला शहर ?

घृणा हो कि माया ?

तिमीबारे म मा केहि छ - घृणा हो कि माया
बिर्सनै सकिएन, आइरह्यौ सम्झनामा

शत्रुता छ कि अझै - कर्के नजर लाउँछ्यौ
फेरियो कि मन कतै एकोहोरो टोलाउँछ्यौ
दुबिधा भएकोछ, तिमीलाई राखौं कहाँ ?
बिर्सनै सकिएन, आइरह्यौ सम्झनामा

Monday, July 2, 2012

लाली अधर


लाली अधर पार्दछ असर हृदयको अन्तरकुन्तर
एउटा सुन्दर पलायो रहर के गर्यौ जन्तरमन्तर

उजेलो होस् कि अँधेरो नछोड्नु कैले हात यो मेरो
गाह्रो साह्रो सहौँला सँगै बनाउँला एउटा संसार प्यारो

Monday, June 18, 2012

कुर्दा कुर्दै



कुर्दा कुर्दै दिन बित्यो, बित्नै थाल्यो साँझ
बिसन्चो भो कि समय नै बाधा भयो आज

साथमा हुँदा हराउँछु, संसार छुट्टै लाग्छ
एक्लिदा जीवन यो निस्सार जस्तै लाग्छ
अनौठो असहजताले गरिरह्यो राज
बिसन्चो भो कि समय नै बाधा भयो आज

तिमी नै हौ पहिलो मान्छे हृदय छुने मेरो
हरपल हुन्छौ तिमी मेरो हृदय सेरोफेरो
त्यहि फूल खोजीरहें मैले बाग माझ
बिसन्चो भो कि समय नै बाधा भयो आज ?


               - सजल महेश आचार्य