Social Icons

Monday, June 18, 2012

कुर्दा कुर्दै



कुर्दा कुर्दै दिन बित्यो, बित्नै थाल्यो साँझ
बिसन्चो भो कि समय नै बाधा भयो आज

साथमा हुँदा हराउँछु, संसार छुट्टै लाग्छ
एक्लिदा जीवन यो निस्सार जस्तै लाग्छ
अनौठो असहजताले गरिरह्यो राज
बिसन्चो भो कि समय नै बाधा भयो आज

तिमी नै हौ पहिलो मान्छे हृदय छुने मेरो
हरपल हुन्छौ तिमी मेरो हृदय सेरोफेरो
त्यहि फूल खोजीरहें मैले बाग माझ
बिसन्चो भो कि समय नै बाधा भयो आज ?


               - सजल महेश आचार्य

No comments:

Post a Comment