Social Icons

Thursday, March 21, 2013

गाढा भयो याद

बिर्सन खोजें - झन् गाढा भयो याद
सवथोक गुमेपछि भइयो बर्बाद
लौन भइयो बर्बाद
पिरतीमा भइयो बर्बाद !

कलेजीमा दर्द हाय, असैह्य भो असैह्य
कस्तो कोसेली दियो, आशामा आयो प्रलय

Monday, March 18, 2013

नियती

बतासको झोक्कासँगै हल्लने पात भएँ म
अन्याय अघि जोडिने दुर्बल हात भएँ म

मन खोलेर बिद्रोह पनि बोल्न सक्दिन
मनभित्रै गुम्सी बस्ने पीडाको खात भएँ म

Tuesday, March 12, 2013

दुइ मुक्तक

(१)
आफ्नो यात्रा, आफ्नै शुभकामना थियो
रोजेको बाटो आफ्नै प्रिय सिर्जना थियो
कहाँबाट कालो बादल आयो आँखा छोप्न
जून छोइ जून हुने प्रवल चाहना थियो !

Friday, March 8, 2013

परदेशीलाई कुर्दाकुर्दै


परदेशीलाई कुर्दाकुर्दै बित्ने हो कि जीवन
आँखाभरी खुसी बोकी कैले आउला त्यो दिन ?

बिर्सियो कि निश्ठुरी भइ, पठाउँदैन खवर
आफैं भेट्न जान्थें बरु, कुन होला शहर ?

घृणा हो कि माया ?

तिमीबारे म मा केहि छ - घृणा हो कि माया
बिर्सनै सकिएन, आइरह्यौ सम्झनामा

शत्रुता छ कि अझै - कर्के नजर लाउँछ्यौ
फेरियो कि मन कतै एकोहोरो टोलाउँछ्यौ
दुबिधा भएकोछ, तिमीलाई राखौं कहाँ ?
बिर्सनै सकिएन, आइरह्यौ सम्झनामा