Social Icons

Thursday, March 21, 2013

गाढा भयो याद

बिर्सन खोजें - झन् गाढा भयो याद
सवथोक गुमेपछि भइयो बर्बाद
लौन भइयो बर्बाद
पिरतीमा भइयो बर्बाद !

कलेजीमा दर्द हाय, असैह्य भो असैह्य
कस्तो कोसेली दियो, आशामा आयो प्रलय

बिरहले बनायो बिलय !

टुक्रियो कठै रहर, औंसी भयो हर प्रहर
अविरल छल्कि रह्यो आँखाबाट अश्रु नहर
साह्रै कठोर भयो डगर !

भूल भएछ सानो, आफ्नै आँगन भयो बिरानो
हरकदम थिचाइ, यहि ज्यानमा खस्यो छानो
हृदय भयो अचानो !!!!

No comments:

Post a Comment