Social Icons

Tuesday, March 12, 2013

दुइ मुक्तक

(१)
आफ्नो यात्रा, आफ्नै शुभकामना थियो
रोजेको बाटो आफ्नै प्रिय सिर्जना थियो
कहाँबाट कालो बादल आयो आँखा छोप्न
जून छोइ जून हुने प्रवल चाहना थियो !

(२)
जेनतेन गुज्रिएको जर्जर जीवन भो
पानी छैन तिर्खाउँदा, हर्हर जीवन भो
कसैसंग कुनै गुनासो छैन आज पनि
आफैसंग झर्को लाग्ने कर्कर जीवन भो !

No comments:

Post a Comment